मकवानपुरको भीमफेदीमा मंगलबार दिउँसो यात्रुबाहक विङ्गर दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
दिउँसो १ बजे भीमफेदी गाउँपालिका–९ स्थित त्रिभुवन राजपथको छैसठ्ठी मोडमा दुर्घटना भएको हो ।
घाइतेहरूको विवरण यसप्रकार छः
१) अम्बरी लो लामा २८ वर्ष, लालबन्दी–१५,परमानीपुर — शरीरका विभिन्न भागमा चोट,अवस्था मध्यम
२) रितिक राई ३६ वर्ष,लालबन्दी–१६,भोलोना — दाहिने हातमा भित्री चोट,अवस्था मध्यम
३) पदम बहादुर श्रेष्ठ ४५ वर्ष, लालबन्दी–१६ — बायाँ हातमा भित्री चोट,अवस्था मध्यम
४) राजाराम बस्नेत ५१ वर्ष,लालबन्दी–१६ — छाती र घाटीमा भित्री चोट,अवस्था गम्भीर
५) कमल थापा ५६ वर्ष,लालबन्दी–१, नवलपुर — दाहिने हात र शरीरका विभिन्न भागमा चोट,अवस्था गम्भीर
६) शान्ता विक ३० वर्ष,लालबन्दी–१६ — टाउको र छातीमा चोट,कानबाट रगत बगेको,अवस्था गम्भीर
७) सरोज कुमार चौधरी ४० वर्ष, लालबन्दी–४, चालक — शरीरका विभिन्न भागमा चोट,अवस्था मध्यम
८) निर्मला विक २७ वर्ष,लालबन्दी–१५ — ढाडमा भित्री चोट,अवस्था सामान्य
९) सिमा घलान २२ वर्ष,लालबन्दी–१५ — शरीरका विभिन्न भागमा दुखाइ,अवस्था सामान्य
१०) समिर सुवेदी ५० वर्ष,लालबन्दी–५ — बायाँ हात र करङमा चोट,अवस्था सामान्य
११) कल्पना विक २७ वर्ष,लालबन्दी–१६ — शरीरका विभिन्न भागमा चोट,अवस्था मध्यम
१२) निलिमा खड्का २२ वर्ष, लालबन्दी–१५ — टाउको र दाहिने कुममा चोट,अवस्था मध्यम
१३) सुस्मा विक २५ वर्ष,लालबन्दी–१६ — दाहिने कुम र टाउकोमा चोट,अवस्था मध्यम
१४) पवित्रा घिसिङ ३२ वर्ष,लालबन्दी–१६ — टाउको र शरीरका विभिन्न भागमा चोट,अवस्था मध्यम
प्रहरीका अनुसार गाडी ब्रेक फेल भएर दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।