बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

काठमाडौँको नयाँपाटीमा युवकको हत्या, ५ जना पक्राउ

काठमाडौँको नयाँपाटीमा युवकको हत्या, ५ जना पक्राउ

  • 868
    SHARES

  • काठमाडौँको नयाँपाटीमा युवकको हत्या, ५ जना पक्राउ

    काठमाडौं, काठमाडौंको नयाँपाटीमा एक जनाको हत्या भएको छ। हत्या आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । 

    २०८२ वैशाख ३० गते बेलुका ९ बजेतिर गोकर्णेश्वर नगरपालिका २ नयाँपाटीस्थित किराना पसलमा बसिरहेका ३७ वर्षका बलिन्द्र प्रकाश राईको हत्या भएको थियो । बलिन्द्रको उपचारका क्रममा मृत्यु भएको थियो। घटनापछि फरार रहेका ५ जनालाई पक्राउ गरिएको काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले बताए ।

    पक्राउ पर्नेमा रामेछापको सुनापती गाउँपालिका ४ घर भइ जिल्ला काठमाडौं,गोकर्णेश्वर नगरपालिका १ बस्ने २९ वर्षका प्रविण तामाङ,र्लाहीको बाग्मती गाउँपालिका ३ घर भइ गोकर्णेश्वर नगरपालिका २ बस्ने २३ वर्षका समिर वाईवा तामाङ,२६ वर्षका अभिसेक वाईवा तामाङ,सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका ६ का २९ वर्षीय दिपेन्द्र भुजेल र काभ्रेपलान्चोकको चौरीदेउराली गाउँपालिका ७ का २८ वर्षीय अनुराग तामाङ छन् ।

    काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी प्रहरी वृत्त बौद्धबाट कर्तव्य ज्यान सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको एसपी बोहराले जानकारी दिए ।

    मंगलवार, जेठ ७ २०८२०७:४९:४०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार