काठमाडौँ, विद्यालय शिक्षा विधेयकमा दुई वटा विषय थाति राखिएको छ । संसद्को शिक्षा समिति अन्तर्गत उपसमितिले दुई वटा विषयमा कुनै टुङ्गो लगाउन नसकेको हो ।
निजी विद्यालयलाई गुठीमा लैजाने विषय र प्रारम्भिक बाल विकासको विषय टुङ्गो लाग्न नसकेपछि उपसमितिले समितिमै फिर्ता पठाएको हो । ती बाहेक अन्य विषयमा सहमति जुटाएर प्रतिवेदन शिक्षा समितिमा बुझाएको हो ।
उपसमितिमा निजी विद्यालयलाई १५ वर्षमा शैक्षिक गुठीमा लैजानुपर्ने धारणा थियो । तर,सरकारको तर्फबाट गुठीका लैजाने विषयमा समय सीमा तोक्न नहुने धारणा राखेको थियो । जसले गर्दा उपसमितिमा सहमति जुट्न जुट्न सकेन ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।