काठमाडौँ, माइक्रो बस चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको बिरुवा गाउँपालिका- १ घर भइ हाल काठमाडौँ महानगरपालिका १६ बनस्थली बस्ने १९ वर्षिय सुदिप थापा छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी अपील राज बोहराका अनुसार थापाले वैशाख २९ गते काठमाडौँ महानगरपालिका- १६ बनस्थली स्थित विश्वकर्मा बाबा वर्कशप तथा चार्जिङ सेन्टर भित्रको पार्किङ स्थलबाट बागमती प्रदेश ०१-००२ ज ६७६६ नम्बरको इलेक्ट्रोनिक माईक्रो बिहीबार बस चोरी गरेका थिए ।
माइक्रो बस सहित धादिङबाट पक्राउ परेका उनीमाथि चोरी सम्बन्धी कसूर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट चार दिनको म्याद थप अनुमति लिई प्रहरीले अनुसन्धान गरिरहेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।