बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

भारत–पाकिस्तान तनावले नेपालमा आर्थिक संकटको जोखिम, पूर्व गभर्नर नेपालको चेतावनी

भारत–पाकिस्तान तनावले नेपालमा आर्थिक संकटको जोखिम, पूर्व गभर्नर नेपालको चेतावनी

मेगा खबर संवाददाता

२७, बैशाख २०८२
  • 1.1K
    SHARES

  • भारत–पाकिस्तान तनावले नेपालमा आर्थिक संकटको जोखिम, पूर्व गभर्नर नेपालको चेतावनी

    काठमाडौँ, पूर्व गभर्नर तथा वरिष्ठ अर्थशास्त्री डा.चिरञ्जीवी नेपालले भारत र पाकिस्तानबिच बढ्दो तनावले नेपालमा गम्भीर आर्थिक संकट ल्याउने खतरा रहेको बताएका छन् ।

    पूर्व सांसद मञ्चद्वारा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाल भारतमाथि अत्यधिक निर्भर रहेको बताउँदै यदि भारत–पाकिस्तानबिचको द्वन्द्व लम्बियो भने यसको प्रत्यक्ष असर नेपाली अर्थतन्त्रमा पर्न सक्ने चेतावनी दिए । ‘हामी परनिर्भर मात्र होइन, भारत निर्भर छौँ । यस्तो अवस्थामा छिमेकी राष्ट्रमा युद्ध भएमा त्यसको प्रभाव नेपालमा पर्ने निश्चित छ,उनले भने ।

    नेपाल भूकम्प र कोभिड महामारीपछिको पुनर्स्थापनाको चरणमा रहेको अवस्थामा यस्तो सम्भावित संकटले देशलाई पुनः धक्का दिने उनले उल्लेख गरे । सरकारले नीति तथा कार्यक्रम र बजेट निर्माणको तयारी गरिरहेको सन्दर्भमा उनले आगामी चुनौतीलाई ध्यानमा राखी बजेट बनाउनु पर्ने सुझाव दिए ।

    शनिवार, बैशाख २७ २०८२१२:५५:२६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार