बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

भारतमा उपभोक्ताले इन्धनको खपत बढाए

भारतमा उपभोक्ताले इन्धनको खपत बढाए

मेगा खबर संवाददाता

२६, बैशाख २०८२
  • 634
    SHARES

  • भारतमा उपभोक्ताले इन्धनको खपत बढाए

    काठमाडौँ, भारत–पाकिस्तान युद्धका कारण इन्धन अभाव हुने भन्दै भारतमा उपभोक्ताले इन्धनको खपत बढाएका छन् ।

    खासगरी एलपी ग्यासका उपभोक्ताले ग्यास अभाव हुने भन्दै इन्धनको खपत बढाए । बजारमा ग्यासको माग बढेर अभाव सुरु हुने अवस्था देखिएपछि इन्डियन आयल कर्पोरेसनले बजारमा ग्यासको कुनै अभाव नरहेको भन्दै निश्चिन्त हुन सार्वजनिक आह्वान नै गरेको छ ।

    भारतमा हल्ला फैलिएसँगै नेपालमा पनि इन्धन अभाव हुने हो कि भन्ने आशंका छ । नेपाल आयल निगमले भने अभाव हुने अवस्था नरहेको जनाएको छ । निगमका कार्यकारी निर्देशक चण्डिका भट्ट अहिलेसम्म सबै इन्धनको सहज आपूर्ति भइरहेको भन्दै र आईओसीले अहिलेसम्म केही नभनेको बताउँछन् । अहिलेसम्मको विश्लेषणका आधारमा पनि अभाव हुन्छ भन्नसक्ने अवस्था नरहेको उनको भनाइ छ । 

    शुक्रवार, बैशाख २६ २०८२०२:५४:४९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार