बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

तीनकुने चोकमा भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा महिलाको मृत्यु

तीनकुने चोकमा भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा महिलाको मृत्यु

मेगा खबर संवाददाता

२५, बैशाख २०८२
  • 730
    SHARES

  • तीनकुने चोकमा भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा महिलाको मृत्यु

    काठमाडौं, तीनकुने चोकमा भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । नुवाकोट घर भई हाल ललितपुर धोबीघाट बस्ने २३ वर्षीया नगिना तामाङको मृत्यु भएको हो ।​

    तीनकुनेस्थित मुनिभैरव मन्दिर अगाडि कोटेश्वरबाट बानेश्वरतर्फ आउँदै गरेको बिहीबार बिहान बा ३ ख ७०६२ नम्बरको बसले बा प्र०१–०२६ च २९२७ को मारुती भ्यानलाई ठक्कर दिएको थियो । भ्यानले बा प्र ०२-०५३ प ३८४७ नम्बरको २२ सीसीको पल्सरलाई ठक्कर दिएको हो । भ्यानको ठक्करबाट मोटरसाइकल पछाडि बसेकी तामाङको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले बताए ।

    मोटरसाइकल चालक रामेछाप दोलम्बा- ३ का २७ वर्षीय पदम थापा मगरको उपचार भइरहेको छ । ईभी भ्यान चालक काभ्रे मण्डनदेवपुर-१ का ३५ वर्षीय रत्नबहादुर सार्की र बसमा सवार दोलखा गौरीशंकर गापा घर हुने वर्ष २४ की मेनुका बुढाथोकी घाइते भएका छन् । प्रहरीका अनुसार ट्रमा सेन्टरमा उनीहरूको उपचार भइरहेको छ ।

     

    बिहिवार, बैशाख २५ २०८२११:१९:२२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार