भारतको उत्तरकाशी जिल्लामा एक हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । बिहिबार बिहान दुर्घटनामा छ जनाको मृत्यु भएको खबर आएको छ ।
प्रहरी र प्रशासनसँगै विपद् व्यवस्थापन टोली पनि घटनास्थलतर्फ प्रस्थान गरेको छ । टोली घटनास्थलमा पुग्ने बित्तिकै उद्धार कार्य सुरु गरिएको थियो । बिहीबार बिहान उत्तरकाशीको गंगानीभन्दा पर हेलिकप्टर दुर्घटना भएको थियो । हेलिकप्टर एक निजी कम्पनी एरो ट्रिंकको थियो र त्यसमा सात जना सवार थिए । प्राप्त जानकारी अनुसार दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
उत्तराखण्डमा हिजोआज चारधामको यात्रा चलिरहेको छ । केदारनाथ,बद्रीनाथ र गंगोत्री–यमुनोत्रीको दर्शन गर्न ठुलो संख्यामा तीर्थयात्रीहरू आइपुगेका छन् । केही मानिसहरू पैदल हिँडेर निस्किएका छन् भने धेरैजसो हेलिकप्टरबाट पुगिरहेका छन् ।
मौसम विभागले उत्तराखण्डको मौसमको बारे चेतावनी जारी गरेको छ । देहरादून,उत्तरकाशी,चमोली,रुद्रप्रयाग,टिहरी,पौरी, नैनीताल र चम्पावतमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । धेरै क्षेत्रमा मेघगर्जनका साथै तीव्र हावाहुरी पनि चल्न सक्छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।