गाडी भासिएर हराएको विषयमा अध्ययन गर्न खानी तथा भूगर्भ विभागको टोली हेटौँडा आइपुगेको छ । मंगलबार बिहान हेटौडा आइपुगेको टोलीले काम सुरु गरेको हो ।
विभागबाट आएका ४ जनाको टोलीले गाडी भासिएर हराएको स्थानको अध्ययन थालेको हो । टोलीले घटना स्थलको भूबनोट, भूमिगत जलस्रोत,चुम्बकीय क्षेत्रका बारेमा अध्ययन गर्नेछ ।
विभागका भूगर्भविद् नारायण अधिकारीले घटना स्थलको भौगोलिक अवस्था,माटोको सतह र घटनाको कारणबारे तथ्यांकीय अध्ययन गर्ने बताए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।