काठमाडौं, माध्यमिक शिक्षा परीक्षा (एसइई) को उत्तर पुस्तिका परीक्षणको काम अघि बढिरहेको छ ।
शिक्षकहरूले गत शुक्रबारदेखि नै उत्तर पुस्तिका परीक्षण गर्न थालेका हुन् । देशभरका ५० वटा उत्तर पुस्तिका परीक्षण केन्द्रमा बसेर शिक्षकहरूले धमाधम परीक्षण गरिरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले बताए । कापी परीक्षणका लागि ३० हजार शिक्षकहरू खटिएको बोर्डले जनाएको छ ।
सरकारसँग ९ बुँदे सहमति भएपछि नेपाल शिक्षक महासङ्घले सडक आन्दोलन र शैक्षिक हडताल २९ औँ दिनमा वैशाख १७ गते अन्त्य गरेको थियो । त्यसपछि शुक्रबारदेखि नै कापी परीक्षणको काम थालिएको अध्यक्ष शर्माले जानकारि दिए । कापी परीक्षणका लागि बोर्डले १५ दिनको समय निर्धारण गरेको थियो ।
कापी परीक्षणको अवस्था हेरेर बोर्डले यसअघि सार्वजनिक गरेको कार्यतालिका अनुसार नै नतिजा प्रकाशन गर्न सकिने वा नसकिने यकिन हुने उनको भनाइ छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।