काठमाडौँ, मकवानपुरको हेटौंडामा सडक भासिएर बेपत्ता भएको गाडी भेटिएन अझै पनि छैन ।
शुक्रबार दिउँसो हेटौंडा उपमहानगरपालिका-१७ गैरीगाउँस्थित भित्री सडक भासिँदा त्यहाँ रोकेर राखिएको ना ४ ख ४८३३ नम्बरको गाडी नै बेपत्ता भएको थियो । सडक भासिएपछि त्यहाँ पानी जमेर पोखरीको रूप लिएको थियो । सडक भासिएर गाडी खस्न थालेपछि चालक हरि राई बाहिर निस्किएका थिए ।
भासिएर खसेको गाडी केही बेरमै बेपत्ता भएको थियो । घटनाको जानकारीपछि प्रहरी घटनास्थल पुग्दा भासिएको जमिन दलदलमा परिणत भइसकेको थियो भने गाडीको नामनिशाना देखिएको थिएन ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।