काठमाडौँ, काठमाडौँको बालाजु माछापोखरीमा साना किसान र तरकारी व्यापारीहरूलाई व्यवस्थित बनाउन सडक किनारामा व्यापार गर्न नदिएपछि नुवाकोटको ओखरपौवाका स्थानीय आन्दोलित बनेका छन् ।
यसको विरोधमा आज बिहान ५ः२५ बजेपछि नुवाकोट ककनी गाउँपालिका १ नौमार बजार स्थित तीनपिप्ले–सिसडोल सडकखण्डमा ४०–५० जनाका भेला भएर सडकमा तरकारी राखेर बाटो अवरोध गरेका हुन् ।
काठमाडौँ महानगरका मेयर बालेन शाहले तरकारी बेच्न नदिएको भन्दै उनीहरुले सडकमै तराकारी राखेर विरोध गरेका हुन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।