काठमाडौँ, सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे –८ मानेश्वाराको गोल्माथाङ मन्दिर नजिकै मोडमा बोलेरो पल्टिँदा १२ यात्रु घाइते भएका छन् ।
सोमबार बिहान ईलाका प्रहरी बाह्रबिसेका अनुसार बा १९ च ८३०४ नम्बरको बोलेरो ठोक्किँदा १२ स्थानीय यात्रु घाइते भएका हुन् ।घाइतेमध्ये दुईको अवस्था गम्भीर भएकाले काठमाडौंमा रेफर गरिएको प्रहरीले जनाएको छ ।
बाँकी घाइतेहरुको बाह्रबिसे बजारस्थित बाह्रबिसे नगर अस्पतालमा उपचार भइरहेको छ । ईलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक सुमेश पाण्डेले भने जानकारि दिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।