बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

कान्ति लोकपथको हेटौंडा-काठमाडौं सडक वैशाख १८देखि जेठ १ सम्म सवारीसाधनको आवागमन बन्द हुने

कान्ति लोकपथको हेटौंडा-काठमाडौं सडक वैशाख १८देखि जेठ १ सम्म सवारीसाधनको आवागमन बन्द हुने

मेगा खबर संवाददाता

१३, बैशाख २०८२
  • 1.2K
    SHARES

  • कान्ति लोकपथको हेटौंडा-काठमाडौं सडक वैशाख १८देखि जेठ १ सम्म सवारीसाधनको आवागमन बन्द हुने

    हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडकखण्डमा यही वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म सवारीसाधनको आवागमन बन्द हुने भएको छ ।

    जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गरी सो सडकखण्ड अन्तर्गत मकवानपुरको बकैया गाउँपालिकास्थित ठिङ्गन–बगुवा खण्डमा सडक स्तरोन्नतिको काम हुने भएकाले सवारीसाधन आवागमन बन्द हुने जानकारी दिएको छ ।

    मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रप्रसाद कँडेलका अनुसार वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म १५ दिन बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म दैनिक ६ घण्टा सो सडकमा सवारीसाधन आवागमन बन्द रहनेछ ।

    शनिवार, बैशाख १३ २०८२१२:५२:३६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार