काठमाडौं, चितवनको भरतपुरको महानगरपालिका–७ स्थित प्रेमबस्ती चोकमा भएको दुर्घटनामा परेर एक महिलाको मृत्यु भएको छ । भरतपुरतर्फ आउँदै रहेको ना ५ च २६४४ नम्बरको जिपले सोही दिशाबाट आउँदै गरेको ना ५४ प १७९५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा परेर भरतपुर–६ इन्द्रपुरी बस्ने वर्ष ५२ की लक्ष्मी वाग्लेको घटनास्थलमै मृत्यु भएको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी नरेशराज सुवेदीले बताए ।
दुर्घटनापछि जिप सडकमै पल्टिएको थियो । पल्टिएको उक्त बोलेरोले स्कुटरमा सवार महिलालाई किचेको थियो । सो क्रममा महिलाको निधन भएको प्रहरीले जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।