बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

जम्मू–कश्मीर हमला : सुदीप न्यौपानेको शव घर आइपुग्यो, दाहसंस्कारको लागि लगिदै त्रिवेणी

जम्मू–कश्मीर हमला : सुदीप न्यौपानेको शव घर आइपुग्यो, दाहसंस्कारको लागि लगिदै त्रिवेणी

मेगा खबर संवाददाता

११, बैशाख २०८२
  • 613
    SHARES

  • जम्मू–कश्मीर हमला : सुदीप न्यौपानेको शव घर आइपुग्यो, दाहसंस्कारको लागि लगिदै त्रिवेणी

    काठमाडौं । भारतको जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणबाट मृत्यु भएका बुटवलका सुदीप न्यौपानेको शव घरमा ल्याइएको छ ।

    उनले शव अहिले बुटवल कालिकानगरमा रहेको घरमा राखिएको छ । न्यौपाने दाहसंस्कार नवलपरासी त्रिवेणीमा गरिने पारिवारिक स्रोतले बताएको छ । शवलाई दिल्लीबाट लखनउसम्म हवाई मार्ग र त्यसपछि लखनउबाट बुटवलसम्म स्थल मार्ग हुँदै एम्बुलेन्समा ल्याउने बुटवल ल्याइएको थियो । बिहान भारतीय पक्षले रुपन्देहीको प्रशासन रोहबरमा शवको जिम्मा लगाएको थियो ।

    न्यौपाने शनिबार आमा,बहिनी र ज्वाइँसहित घुमघामका लागि पहलगाम पुगेका थिए । त्यहाँ भएको आतंकवादी आक्रमणमा उनीसहित २७ जनाको ज्यान गएको छ भने २० जना घाइते भएका छन् ।

     

    बिहिवार, बैशाख ११ २०८२११:२९:५८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार