बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

काठमाडौँमा महिलाको हत्या, श्रीमान् फरार

काठमाडौँमा महिलाको हत्या, श्रीमान् फरार

मेगा खबर संवाददाता

८, बैशाख २०८२
  • 757
    SHARES

  • काठमाडौँमा महिलाको हत्या, श्रीमान् फरार

    काठमाडौँको शंखरापुर नगरपालिका–९ स्थित सानागाउँमा एक जना महिलाको हत्या भएको छ ।

    खुकुरी प्रहारबाट सिन्धुली माइती भएर सानागाउँमा डेरामा बस्ने पुतली तामाङको हत्या भएको हो । मृतकका श्रीमान् रामेछापको खाँडादेवी गाउँपालिका–७ घर भएका पदमबहादुर तामाङ फरार छन् । गएराति साढे ९ बजेतिर श्रीमतीको हत्या गरेपछि ५८ वर्षीय पदम भागेका हुन् ।

    घटनास्थलमा मृतकका ११ वर्षका छोरा र १० वर्षीया छोरीपनि घाइते अवस्थामा भेटिएका छन् । उनीहरूलाई उपचारको लागी ट्रमा सेन्टरमा भर्ना गरिएको छ । 

    सोमवार, बैशाख ८ २०८२११:३९:३४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार