काठमाडौँ, चैतदेखि माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै आएका शिक्षकहरूको आजको प्रदर्शन सकिएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले आज दिउँसो प्रदर्शन लागेपछि शिक्षकहरूले बिहान ९ बजेदेखि प्रदर्शन गरेका थिए भने छोटो समय मात्रै प्रदर्शन गरेर आजका विरोधका कार्यक्रम सकेका हुन् ।
एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष शङ्कर अधिकारीले आजको विरोध प्रदर्शनको कार्यक्रम सकिएको बताए । विगत १९ दिनदेखि शिक्षक तथा विद्यालय कर्मचारीहरू यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित माइतीघर–बानेश्वर सडक खण्डमा प्रदर्शन गर्दै आएका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।