काठमाडौँ, अर्थ मन्त्रालयमा शिक्षा, गृह र अर्थमन्त्रीबिच छलफलमा सुरु भएको छ । शिक्षकहरूले उठान गरेका मागहरूका विषयमा तीन मन्त्रीबिच छलफल भएको हो ।
शिक्षकहरूले शिक्षा मन्त्रालय र मन्त्रिपरिषद्ले तत्काल गर्नुपर्ने काम समेत अघि नबढाएको भन्दै आपत्ति जनाउँदै आएका छन् । उनीहरुले थप सङ्घर्षका कार्यक्रम घोषणा गरिरहेका छन् ।
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आन्दोलनरत शिक्षकहरूसँग छलफल गरेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान उनीहरुले आन्दोलनरत शिक्षकका अगुवाहरूसँग समस्या समाधानका विषयमा छलफल गरेका हुन् ।
शिक्षकहरूको मागको बारेमा पहलकदमी लिनेगरी छलफल भएको बताइएको छ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै नेपाल शिक्षक महासंघको नेतृत्वमा २० चैतदेखि शिक्षकहरूले सडक आन्दोलन गरिरहेका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।