बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

पेप्सीकोलाबाट ६० लाख लुटपाट,२० जना पक्राउ

पेप्सीकोलाबाट ६० लाख लुटपाट,२० जना पक्राउ

मेगा खबर संवाददाता

३०, चैत्र २०८१
  • 793
    SHARES

  • पेप्सीकोलाबाट ६० लाख लुटपाट,२० जना पक्राउ

    काठमाडौँ, काठमाडौँको पेप्सीकोलाबाट ६० लाख रुपैयाँ लुटपाट भएको छ । ६० लाख रुपैयाँ लुटपाटमा २८ लाख ५० हजार मात्रै बरामत गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए ।

    बुधवार साँझ ८ बजे बुद्ध घर भएका एक जना पुरुष पेप्सीकोलास्थित टाउन प्लानिङबाट लुटिएका हुन् । लुटपाटमा संलग्न आरोपमा प्रहरीले २० जनालाई पक्राउ गरेको छ । लुटिएका व्यक्ति पनि अहिले प्रहरीको सम्पर्कबाट बाहिर रहेको अनुसन्धान अधिकृतहरू बताउँछन् ।

    जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृत भन्छन्– ‘बुधवार साँझ ८ बजेतिर लुटिएको रहेछ,संलग्नहरूबारे अनुसन्धान हुँदैछ । प्रहरीले पीडितको पहिचान सार्वजनिक गरेको छैन ।  

    आइतवार, चैत्र ३० २०८१०८:२२:०७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार