काठमाडौं, नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशाेसिएसन प्यानलका अध्यक्षका उम्मेदवार भुवनसिंह गुरुङ विजयी भएका छन् ।
गुरुङ म्यानेजमेन्ट प्रा।लि।का संचालक गुरूङ संघको पूर्व द्वितीय उपाध्यक्ष भईसकेका व्यवसायी हुन् । अध्यक्षमा विजयी गुरूङले संघलाई निश्चित समूहको स्वार्थ पूर्तिको माध्यम बन्नबाट रोकेर आम व्यवसायीको हकहितमा लगाउने प्रतिक्रिया दिए । लोकतान्त्रिक एसोसिएसन र वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चसँग तालमेलका आधारमा बनेको प्यानलबाट अध्यक्ष गुरूङले ४२८ मत पाउँदा उनका प्रतिश्पर्धी प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल,नेपाल लाेकतान्त्रिक वैदेशिक राेजगार व्यवसायी एशोसिएशनको एक पक्ष र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन बीच तालमेलमा संयुक्त व्यवसायी समूहका अध्यक्षका उम्मेदवार नरेश गेलालले ६१ मत कम ३६७ मत प्राप्त गरे ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।