काठमाडौं र ललिपुरका विभिन्न स्थानमा शनिबार एकदेखि पाँच घन्टासम्म विद्युत अवरूद्ध हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरणले सूचना निकालेर काठमाडौं र ललितपुरका विभिन्न वितरण केन्द्रका विभिन्न फिडर अन्तर्गका स्थानहरूमा शनिबार विद्युत अवरूद्ध हुने जनाएको छ ।
काठमाडौंको बलम्बु सहायक वितरण केन्द्रको थानकोट फिडर अन्तर्गत पर्ने नैकाप फुटबल ग्राउन्ड र किट्नीभन्ज्याङ क्षेत्रमा विद्यत पोल स्थानान्तरण कन्डक्टर स्तरोन्नति गर्नका लागि बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत अवरूद्ध हुने भएको छ । काठमाडौंकै रत्नपार्क वितरण केन्द्रको दरबारमार्ग फिडर अन्तर्गत जमलपुल अगाडी,विश्वज्योति हल एरिया,यलो पगोडा,अन्नपुर्ण होटेल भित्र सम्म,निर्वाचन आयोग अगाडिसम्म बिहान ७ बजेदेखि १० बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।
ती क्षेत्रमा भूमिगत तार बिच्छ्याउनका लागि फिडर सट डाउनमा राख्नुपर्ने भएकाले विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।