बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

तीनकुने घटनाका घाइतेको उपचार खर्च सरकारले ब्यहोर्छ : गृहमन्त्री लेखक

तीनकुने घटनाका घाइतेको उपचार खर्च सरकारले ब्यहोर्छ : गृहमन्त्री लेखक

मेगा खबर संवाददाता

२६, चैत्र २०८१
  • 694
    SHARES

  • तीनकुने घटनाका घाइतेको उपचार खर्च सरकारले ब्यहोर्छ : गृहमन्त्री लेखक

    काठमाडौँ, गृहमन्त्री रमेश लेखकले चैत १५ मा तीनकुनेमा घाइते भएकाहरूको उपचार खर्च सरकारले व्यहोर्ने प्रतिबद्धता जनाएका छन् ।

    बुधवार सिभिल अस्पतालमा घाइतेहरूसँग भेटघाट गर्दै लेखकले भने,घाइतेहरूलाई निःशुल्क उपचार गर्ने निर्णय कार्यान्वयन हुन्छ । घाइतेहरूले निःशुल्क उपचार प्राप्त गरेकी गरेनन् भनेर हेर्न आफू अस्पताल आएको उल्लेख गर्दै मन्त्री लेखकले भने,खर्च गरेको बिल अस्पताल मार्फत स्वास्थ्य मन्त्रालयमा जान्छ,भुक्तानी स्वास्थ्य मन्त्रालयले गर्छ ।

    घाइतेका परिवारले खर्च गरेको भए पनि अस्पतालले बिल भौचर प्रमाणित गरेर पठाएको अवस्थामा भुक्तानी दिइने उनले बताए । 

    बुधवार, चैत्र २६ २०८१०६:०७:३६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार