बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

अछामको बान्नीगढी जयगढमा भीषण आगलागी, झन्डै सात करोड बराबरको क्षति

अछामको बान्नीगढी जयगढमा भीषण आगलागी, झन्डै सात करोड बराबरको क्षति

मेगा खबर संवाददाता

२६, चैत्र २०८१
  • 568
    SHARES

  • अछामको बान्नीगढी जयगढमा भीषण आगलागी, झन्डै सात करोड बराबरको क्षति

    अछाम जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका–१ को मुख्य बजार क्षेत्रमा मंगलबार साँझ भीषण आगलागी हुँदा झन्डै सात करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

    जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी ईश्वरीप्रसाद भण्डारीका अनुसार आगलागीबाट २७ वटा घर र ११ वटा पसल पूर्णरूपमा जलेर नष्ट भएका छन् । तीमध्ये १० वटा ढुङ्गा र माटोले बनेका,११ वटा जस्तापाताका छाना भएका र २ वटा पक्की घर रहेका छन् ।

    डीएसपी भण्डारीले प्रारम्भिक अनुसन्धानका आधारमा घटनामा करिब तीन सय घरपरिवार प्रभावित भएको जानकारी दिए । 'प्रारम्भिक छानबिन भइरहेको छ । अहिले पनि घटनास्थलमा धुवाँ आइरहेको छ र पूर्ण रूपमा आगो निभेको छैन',उनले भने,प्रहरी टोली र प्रमुख जिल्ला अधिकारीसहितको समन्वय टोली हाल घटनास्थलमै खटिएको छ ।

    बुधवार, चैत्र २६ २०८१११:३०:००

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार