काठमााडौ, पूर्वराजा ज्ञानेन्द्र शाहलाई पत्र बुझाउन गएको काठमाडौँ महागरपालिकाको टोलीलाई निर्मल निवासको गेटबाटै फर्काइएको छ ।
आइतबार काठमाडौँ महानगरपालिकाको टोली निर्मल निवास गेटमा पुगेको थियो । उनीहरुलाई प्रहरीले पूर्वराजासँग सम्बन्धित विषय नभएको भन्दै गेटबाटै फर्काइदिएको हो । शनिबार महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा ७ लाख ९३ हजार जरिवाना गरेको पत्र पठाउने निर्णय गरेको थियो ।
राजधानीको तीनकुने क्षेत्रमा प्रदर्शन गरेका राजावादीले वातावरण प्रदूषण गरेको लगायतका शीर्षकमा महानगरले सो रकम बराबरको जरिवाना गर्ने निर्णय गरेको हो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।