काठमाडौंको तीनकुनेमा राजावादी र भृकुटीमण्डपमा गणतन्त्रवादीहरू भोलि (चैत १५ गते) प्रदर्शनमा उत्रिँदै छन् ।
प्रदर्शनका कारण बिहानैदेखि काठमाडौंका सडकमा सवारी जाम हुने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीले बिहानैदेखि सवारी जाम हुन सक्ने बताए । उनका अनुसार,भोलि एकहजार ८०० ट्राफिक प्रहरी खटाउने तयारी छ ।
“भृकुटीमण्डपमा गणतन्त्रवादीहरूले राति १२ बजेदेखि नै स्टेज बनाउन थाल्ने भनेका छन् । तीनकुनमा पनि राजावादीहरूको प्रदर्शन छ । विभिन्न ठाउँबाट र्याली निकाल्ने हुँदा सवारी आवागमन असहज हुन्छ,”उनले भने,समाजवादी मोर्चामा रहेका माओवादी केन्द्र नेकपा (एकीकृत समाजवादी)सहितले भृकुटीमण्डपमा पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियताविरुद्ध प्रदर्शन गर्दै छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।