काठमाडौं, हेटौँडामा देवरले भाउजूको हत्या गरेका छन् । हेटौँडा-१ चौकीटोल निवासी २२ वर्षीय राहुल दासले बुधबार खुकुरी प्रहार गरेर आफ्नै जेठी भाउजूको हत्या गरेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
राहुलले भाउजू ३५ वर्षीया गुडिया दासलाई बुधबार दिउँसो खुकुरी प्रहार गरी हत्या गरेका हुन् । राहुलको आक्रमणबाट उनका माइलो दाजु रुपेश दाससमेत घाइते भएका छन् । उनको हेटौँडास्थित मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाका अनुसार राहुलले माइलो दाइलाई खुकुरीले आक्रमण गरेको भन्ने खबर पाएर पुगेको प्रहरीले उनलाई पक्राउ गरेर दिउँसो जिल्ला प्रहरी कार्यलयमा ल्याएको थियो ।
घरका सदस्यहरुले जेठी बुहारी गुडियालाई नदेखपछि खोजतलास गर्ने क्रममा घरको माथिल्लो तल्लामा बन्द कोठा भित्र मृत अवस्थामा फेलाका थिए । प्रहरी निरीक्षक सापकोटाले राहुलले माइलो दाइ रुपेशलाई भन्दा पहिला भाउजूलाई खुकरी प्रहार गरेर कोठामा बन्द गरेको हुनसक्ने अनुमान गरे । राहुललाई प्रहरीले पक्राउ गरेको छ । राहुलले किन भाउजू र माइलो दाइमाथी आक्रमण गरे भन्ने खुलेको छैन ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।