बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

विद्युत् प्राधिकरण अगाडि कुलमानलाई पुनर्बहालीको माग गर्दै आज पनि विरोध प्रदर्शन

विद्युत् प्राधिकरण अगाडि कुलमानलाई पुनर्बहालीको माग गर्दै आज पनि विरोध प्रदर्शन

मेगा खबर संवाददाता

१२, चैत्र २०८१
  • 1.3K
    SHARES

  • विद्युत् प्राधिकरण अगाडि कुलमानलाई पुनर्बहालीको माग गर्दै आज पनि विरोध प्रदर्शन

    काठमाडौं, कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट सरकारले हटाएको विरोधमा आज पनि काठमाडौंमा प्रदर्शन भएको छ ।

    महिला र पुरुषहरुको समूह विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालय अगाडि भेला भएर प्रदर्शन गरेको हो । सरकारले घिसिङको काम सन्तोषजनक नभएको ठहर गर्दै चैत ११ गते पदबाट हटाउने निर्णय गरेको थियो । घिसिङलाई हटाएर उनको स्थानमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरिएको छ । कुलमानलाई हटाउनु गलत भएको भन्दै सदन र सडकबाट सरकारको विरोध भइरहेको छ ।

    आज प्रतिपक्षी दलहरुले राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठक अवरुद्ध पारेका छन् । आज दिउँसो सरकारविरुद्ध नारा लगाउँदै एक टोली विद्युत् प्राधिकरणको कार्यालय अगाडि पुगेको थियो । सो टोलीका केही सदस्यहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    बुधवार, चैत्र १२ २०८१०२:४३:२९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार