बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

आजदेखि एसइई,पोहोर भन्दा ४९ हजार बढीले जाँच दिँदै

आजदेखि एसइई,पोहोर भन्दा ४९ हजार बढीले जाँच दिँदै

मेगा खबर संवाददाता

६, चैत्र २०८१
  • 949
    SHARES

  • आजदेखि एसइई,पोहोर भन्दा ४९ हजार बढीले जाँच दिँदै

    काठमाडौं, माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट एक साथ  बिहान ८ बजेदेखि एसइई आरम्भ हुन लागेको हो । 

    सबैभन्दा बढी काठमाडौंमा ३९ हजार ६ सय र कम मनाङमा ४३ जना परीक्षार्थीले परीक्षा दिँदैछन् । तथ्याङ्क अनुसार परीक्षामा २ लाख ५७ हजार ७ सय ३० छात्रा र २ लाख ५६ हजार ७ सय ११ छात्र सहभागी हुनेछन् । परीक्षामा देशभर २ हजार ७९ र जापानमा १ गरी ८० परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

    बालसुधार केन्द्र र कारागार गरी तीनवटा विद्यालय बाहिरका केन्द्र निर्धारण गरिएको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले काठमाडौं र दैलेखका दुई कारागार र भक्तपुरको बाल सुधारगृहबाट परीक्षा दिने व्यवस्था गरिएको जानकारी दिए । जापानको एभरेस्ट स्कुलमा पनि एउटा केन्द्र कायम गरेको छ । सो केन्द्रमा २९ जना परीक्षार्थी छन् । यो वर्ष कीर्तिपुरस्थित सफलता एचआईभी शिक्षा सदनका ४ जनाले परीक्षा दिनेछन् । परीक्षामा १ सय ५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एकजना सहायक केन्द्राध्यक्षको व्यवस्था गरिएको छ भने २० जना विद्यार्थी बराबर एकजना निरीक्षक खटिने भएका छन् । परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिने जनाइएको छ ।

    परीक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष,निरीक्षक,सहायक निरीक्षक र कार्यालय सहयोगी र सुरक्षाकर्मीसहित ७७ हजार ८ सय १६ कर्मचारी खटिनेछन् भने ३० हजार सुरक्षाकर्मी परिचालित छन् । परीक्षा नियन्त्रण कार्यालयले असार ७ मा परीक्षाफल प्रकाशित गर्ने गरी कार्यतालिका बनाएको जनाएको छ । परीक्षा नियन्त्रक पौडेलले परीक्षालाई मर्यादित र व्यवस्थित गर्न सुरक्षा निकाय, प्रदेश सरकार, प्रदेश शिक्षा निर्देशनालय र स्थानीय निकायसँग समन्वय गरिसकेको जानकारी दिए । उनले परीक्षामा जिल्ला शिक्षा समन्वय इकाइ र प्रदेश परीक्षा समितिले तोकेका सीमित कर्मचारीनबाहेक अन्यलाई परीक्षा हलमा प्रवेशमा रोक लगाएको जानकारी दिँदै उनले भने– ‘दुई निकायले तोकेका बाहेक बाँकी सबैजना पर्यवेक्षक रहनेछन् ।

     

    बिहिवार, चैत्र ६ २०८१०७:२५:२०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार