काठमाडौं, प्राधिकरणले मर्मत सम्भारलगायतका लागि आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने भन्दै सूचित गरेको छ ।
प्राधिकरणले वितरण गरिएका लाइनमा बिहान ११ बजेदेखि ४ बजेसम्म बिजुली कटौती हुने जनाएको छ । ‘कन्डक्टर अपग्रेडिङ’का लागि उक्त ‘फिडर सटडाउन’ हुने सूचनामा उल्लेख छ । सोही वितरण केन्द्रको सतुङ्गल फिडर अन्तर्गत पर्ने कञ्चन गेट,बोसीगाउँ, बौथली,सतुङ्गल चोक आसपासका स्थानमा पनि आज बिहान ११ बजेदेखि ४ बेसम्म लाइन काटिनेछ ।
माकलबारी,दक्षिणढोका,तिवारी टोल शिवचोक,अर्याल गाउँ,ग्रीनहिल सिटी,भद्रबास,नाँ गाउँ,हरियाली नगर,गजरकोट क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म बिजुली काटिनेछ । मुलपानी पिपलबोटमा तार तान्नका लागि लाइन काटिने प्राधिकरणको सूचनामा उल्लेख छ ।
सोही वितरण केन्द्रको मुलपानी फिडरमा पर्ने मुलपानीचौर,थली,थापाचोक,लक्ष्मीनारायण चोक,चापाबोट,देवलधारा,मनकामनामाई मन्दिर,मुलपानी खहरे,डुमाखाल,डाँछी,भद्रबास,गजरकोट क्षेत्रमा पनि आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म लाइन काटिनेछ ।
जोरपाटी वितरण केन्द्रको साँखु फिडरमा पर्ने नयाँ पाटी,ब्रम्हखेल,इन्द्रायणी,साँखु,जर्सिङपौपा,नाङ्लेभारे,गागल,गागलफेदी, मुलपानी पिपलबोटलगायतका स्थानमा पनि लाइन कटौती हुने जनाइएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।