बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :
कोरोना संक्रमण अपडेट

शिक्षण अस्पतालमा ६ वर्षीया बालिकामा कोरोना पोजेटिभ देखिएपछी चिकित्सकमा खैलाबैला

शिक्षण अस्पतालमा ६ वर्षीया बालिकामा कोरोना पोजेटिभ देखिएपछी चिकित्सकमा खैलाबैला

  • 2.9K
    SHARES

  • शिक्षण अस्पतालमा ६ वर्षीया बालिकामा कोरोना पोजेटिभ देखिएपछी चिकित्सकमा खैलाबैला

    काठमाडौं । महाराजगञ‍जस्थित त्रिभुवन विश्‍विद्यालय शिक्षण अस्पतालमा भर्ना भएका एकजना बिरामीमा कोरोना संक्रमण देखिएको छ।  टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा न्युरो सर्जरी वार्डमा सात दिनअघि भर्ना भएका ६ वर्षीया बालिकामा कोरोना संक्रमण देखिएको हो। स्रोतका अनुसार इएनटीसम्बन्धी बिरामी उनलाई कपिलवस्तुबाट उपचारका लागि काठमाडौँ ल्याइएको थियो। कोरोना पोजेटिभ देखिएपछि अहिले अस्पतालका चिकित्सक तथा नर्सबीच खैलाबैला मच्चिएको छ। अस्पतालले यसबारेमा अधिकारिक विवरण सार्वजनिक गरिसकेको छैन। अस्पतालका निर्देशक प्रा.डा. प्रेम खड्गाले त्यही विषयमा बैठक बस्दै गरेको बताएका छन्। केही बेरमा आधिकारिक जानकारी सार्वजनिक गरिने उनले बताएका छन्। 

    बिहिवार, जेठ १ २०७७०४:४०:४०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार