बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :
कोरोना संक्रमण अपडेट

धनुषा र महोत्तरीमा थप ५ संक्रमित, नेपालमा कोरना संक्रमितको संख्याा २५० पुग्यो

धनुषा र महोत्तरीमा थप ५ संक्रमित, नेपालमा कोरना संक्रमितको संख्याा २५० पुग्यो

  • 3.3K
    SHARES

  • धनुषा र महोत्तरीमा थप ५ संक्रमित, नेपालमा कोरना संक्रमितको संख्याा २५० पुग्यो

    काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ सय ५० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीले बिहीबार बिहान यसको पुष्टि गरेका हुन्। उनका अनुसार धनुषा र महोत्तरीमा नयाँ संक्रमित भेटिएका छन्। संक्रमितहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका उनले जानकारी दिए। अधिकारीका अनुसार पछिल्लो पटक सर्लाहीको धनकौल नगरपालिका निवासी ४५ वर्षीय पुरुष, धनुषाको जनकपु र मिथिला नगरपालिका निवासी ४० वर्षीय पुरुष र २० वर्षीया महिलामा कोरोना देखिएको छ। त्यसैगरि महोत्तरीको जलेश्‍वर नगरपालिका र बलवा नगरपालिका निवासी १६ र ३५ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ।  यसअघि बिहीबारै बिहान काठमाडौंका एक पुरुष र कपिलवस्तुमा एक बालिकामा संक्रमण पुष्टि भएकाे थियो। हालसम्म ३५ जना उपचार पछि निको भएका छन्। 

    बिहिवार, जेठ १ २०७७०४:२३:२७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार