बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आगलागीमा घर जलेर नष्टपछि दृष्टिविहीन टुङ्ना गायकको परिवारको विचल्ली

आगलागीमा घर जलेर नष्टपछि दृष्टिविहीन टुङ्ना गायकको परिवारको विचल्ली

युर्बसि पाैड्याल

२४, माघ २०८१
  • 1.1K
    SHARES

  • आगलागीमा घर जलेर नष्टपछि दृष्टिविहीन टुङ्ना गायकको परिवारको विचल्ली

    सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका–२ लिपिङ माथि रहेको गौरीशङ्कर संरक्षण क्षेत्रअन्तर्गत जङ्गलमा डढेलो लागेको छ । 

    मंगलबार काङलाङमा मध्यराति पिठो पिस्ने मिलमा विद्युत्‌को तार सट भएर आगो लाग्दा दृष्टिविहीन टुङ्ना गायक वीरबहादुर कामीको परिवार बस्ने टहरा जलेको छ । आगोले घरमा भाँडाकुडा,खाद्यान्न लत्ताकपडा जलेर नष्ट भएपछि वीरबहादुरको परिवार विचल्लीमा परेको स्थानीय शिक्षक पशुराम गौतमले जानकारि दिए ।

    सुरक्षाकर्मी,स्थानीय,जनप्रतिनिधिहरूले आगो निभाउन हेलिकाेप्टरबाट पानी लगेर समेत खन्याइएका थिए । आगो निभाउन चीनको न्यालम काउन्टीसँग सहयोग मागिएको प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए । डढेलो नियन्त्रण गर्न सिम्रिक एयरको हेलिकाेप्टरबाट भोटेकोशीको पानी ओसारेर समेत हालिएको थियो । आठ सय लिटरको दरले ५४ पटक हेलिकाेप्टरले डढेलोमा पानी खन्याएको थियो । हेलिकाेप्टर प्रयोग गरेर पानी खन्याउदाँ दैनिक २० लाख बढी खर्च निस्किएको जनाएको छ ।

    दृष्टिविहीन विक लोकगीत र टुङ्ना गायकका रुपमा चिनिएका थिए । यही गीत गाएर वर्षौंपछि सबैको सहयोगले बल्लतल्ल टहरा बनेको थियो त्यो पनि जलेर नष्ट भयो,अब कहाँ बस्ने हो । ठेगान छैन उनि बताउँछन् । घर जलेर नष्ट भएपछि सहयोगका लागि विकले याचना समेत गरेका छन् ।

    बिहिवार, माघ २४ २०८१०३:०९:०६
    सम्बन्धित समाचार