चौतारा । कोरोना संक्रममितको संख्या बढेसँगै सिन्धुपाल्चोक जिल्लामा लकडाउनमा थप कडाइ गरिएको छ । आजबाट जिल्ला छिर्ने नाकाहरु बन्देउ, मुडे, बाहुनेपाटी, भोटेचौर, भीमटारलगायत जिल्ला छिर्ने ठाउँमा चेकजाँच कडा पारिएको प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिए । कोरोना संक्रममितको संख्या बढेसँगै सिन्धुपाल्चोक प्रवेशमा पनि कडाइ गरिएको उनले बताए ।
सरकारले अत्यावश्यक उद्योग तथा कार्यालय खोल्ने निर्णय गरेसँगै कोरोना संक्रमितको संख्या पनि बढ्न थालेको हो । हिजो एकैदिन ८३ जनामा कोरोना संक्रमण भएपछि सरकारले लकडाउन थप कडाइ गर्न निर्देशन दिएसँगैं सिन्धुपाल्चोक छिर्ने नाकामा पनि कडाइ गरिएको हो । विभिन्न नाकाबाट छिर्न खोज्नेलाई पास भएमात्रै छिराउने नत्र नाकामै रोकिराखेको डीएसपी काफ्लेले जानकारी दिए ।
बुधबार बिहानमात्रै चौतारा, मेलम्ची, बाह्रबिसे, लामोसाँघुलगायत जिल्लाका बजारहरुबाट प्रहरीले २६ जनालाई नियन्त्रण लिएको छ । त्यस्तै लकडाउन उल्लघंन गर्ने ७ वटा मोटरसाइकल र दुई साना गाडीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । अनावश्यक काममा बजार निस्कनेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रण लिइएकाहरुले यसअघि लकडाउन उल्लघंन गरेको छ कि छैन त्यो अनुसार कारवाही गर्ने डीएसपी काफ्लेले बताए । हामीसँग लकडाउन उल्लघंन गर्ने सबैको रेकर्ड छ, उनले भने, यदि दोस्रो पटक लकडाउन उल्लघंन गरेको पाइएमा कानुन बमोजिम कारवाही हुन्छ ।`
अत्यवाश्यक कामका लागि जिल्ला प्रशासनबाट पास लिइका सवारी साधनलाई भने चल्न दिइने छ । मोटरसाइकल र साना सवारी साधनको आवागमन जिल्लाका बजारमा धेरै पाइएपछि त्यसलाई आजबाट रोक्ने पनि प्रहरीले जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।