बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

गढीमाई मेलामा दर्शनार्थीको घुइँचो

गढीमाई मेलामा दर्शनार्थीको घुइँचो

विनोद भट्टराई

२४, मंसिर २०८१
  • 625
    SHARES

  • गढीमाई मेलामा दर्शनार्थीको घुइँचो

    काठमाडौँ, भारतको विहार राज्य अन्तर्गतको पूर्वी चम्पारणका सुरेन्द्र यादव बालबालिकासहित बाराको प्रख्यात गढीमाई मन्दिरको दर्शन गर्न आइतबार मध्यरातमा आइपुगेका छन् ।

    यहाँ गढीमाई मन्दिरमा भाकल गरेपछि मनोकामना पूरा भएको भन्दै उनी महागढीमाई–१ स्थित बरियापुरमा दर्शन गर्न आएका हुन् । अहिले गढीमाई मन्दिरमा दर्शन गर्ने भारतीय र नेपाली दर्शनार्थीको घुइँचो लागेको छ । “केही समयअघि गढीमाईको भाकल गरेका थियौँ । माईले हाम्रो मनोकामना पूरा गरेसँगै अहिले माईको पूजाअर्चना गर्न आएका हौँ”,दर्शनार्थी यादवले भने,“परिवारको सुख शान्ति र समृद्धिको कामना गर्दै गढीमाई मन्दिरमा आउने दर्शनार्थीहरुको उल्लेख्य मात्रामा हुनुहुन्छ ।”

    बरियापुरस्थित गढीमाई मन्दिरमा यही मङ्सिर १ गतेदेखि पञ्चवर्षीय गढीमाई मेला लागिरहेको छ । मेलामा भारतका विभिन्न राज्यका मात्रै नभएर अन्य विदेश मुलुकका भक्तजनको पनि बाक्लो उपस्थिति छ । पाँच–पाँच वर्षमा मेला लाग्ने भएकाले पनि श्रद्धालु भक्तजनहरुको निकै भव्य र सभ्य ढङ्गले उपस्थिति हुने गर्छ । नेपालका पनि विभिन्न जिल्लाबाट मेला भर्न आइरहेका छन् ।    

    सोमवार, मंसिर २४ २०८११२:११:५६

    पत्रकार कम इन्जिनियर, इन्जिनियर कम आर्किटेक्ट, खुशी मानव र श्रीमतीलाई माया गर्ने श्रीमान

    सम्बन्धित समाचार