काठमाडौँ, शनिबार पाँचदेखि साढे ६ देखि ७ घन्टासम्म काठमाडौंका विभिन्न स्थानहरूमा विद्युत अवरूद्ध हुने भएको छ । विद्युत प्राधिकरणले रत्नपार्क वितरणको केन्द्रको न्यूरोड फिडर,महाबौद्ध फिडर र कालीमाटी फिडर अन्तर्गतका विभिन्न स्थानहरूमा बिहानदेखि अपराह्नसम्म विद्युत् अवरूद्ध हुने जनाएको छ ।
न्यूरोड फिडर अन्तर्गत पर्ने संकटा,न्युरोड गेट,पिपल बोट,गोरखा पत्र संस्थान,भूगोल पार्क,दमकल गेट, वसन्तपुर डवली,झोसे,ओमबहाल,हनुमानढोका लगायतका क्षेत्रमा बिहान साढे आठ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत अवरूद्ध हुनेछ । महाबौध्द फिडर अन्तर्गत पर्ने महाबौध्द सव स्टेशन भित्र, न्युरोड गेट, रन्जना हल, विशालबजार सव स्टेशन भित्र, विशाल बजार अगाडि, गणेश स्थान ट्रमा हस्पिटल पछाडी केबुल हेडसम्म बिहान साढे ८ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् अवरूद्ध हुनेछ ।
कालीमाटी फिडर अन्तर्गत पर्ने टेकु नेशनल ट्रेडिङ्ग हुदैं हनुमन्त भिमसेन स्थान, परोपकार,रामघाट,शान्ति निकेतन स्कुल,मरुहिटी,ढोकाटोल,नरदेवी हस्पिटल अगाडि,टंगाल,भुरुङ्गखेल क्षेत्रमा पनि बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत प्राधिकरणले जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।