बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

देशभर २८ हजार डेंगु सङ्क्रमित, मृतक १२ जना

देशभर २८ हजार डेंगु सङ्क्रमित, मृतक १२ जना

मेगा खबर संवाददाता

१३, कार्तिक २०८१
  • 748
    SHARES

  • देशभर २८ हजार डेंगु सङ्क्रमित, मृतक १२ जना

    काठमाडौँ,देशभर २८ हजार बढी डेंगु सङ्क्रमित भएकोमा १२ जनाको मृत्यु भएको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को पछिल्लो तथ्याङ्क अनुसार देशभर डेंगु सङ्क्रमितको संख्या २८ हजार २ सय १२ जना पुगेको छ । उनीहरूमध्ये १२ जनाको मृत्यु भएको हो ।

    देशभर फैलिएको डेंगु सङ्क्रमितमध्ये सबैभन्दा बढी गण्डकीमा प्रदेशका १३ हजार ८९८  जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । यस्तै, सबैभन्दा कम कर्णाली प्रदेशमा डेंगु सङ्क्रमित छन् । यहाँ ३ सय १९ जना डेंगु सङ्क्रमित छन् । कोशी प्रदेशका १ हजार ७४२ जनालाई, मधेस प्रदेशका ४८७ जनालाई डेंगु सङ्क्रमण भएको छ । 

    बागमती प्रदेशका ९ हजार १३२ जनालाई डेंगु पुष्टि भएको छ भने, लुम्बिनीका १ हजार ४ सय ४५ जनालाई डेंगु सङ्क्रमण भएको ईडीसीडीले जनाएको छ । यस्तै, सुदूरपश्चिमका १ हजार १ सय ८९ जनालाई डेंगु सङ्क्रमण भएको छ ।

     

    मंगलवार, कार्तिक १३ २०८११२:११:२१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार