बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

बक्यौता नतिरेपछि विद्युत प्राधिकरणले ४३ उद्योगको काट्यो बिजुली

बक्यौता नतिरेपछि विद्युत प्राधिकरणले ४३ उद्योगको काट्यो बिजुली

मेगा खबर संवाददाता

९, कार्तिक २०८१
  • 1.1K
    SHARES

  • बक्यौता नतिरेपछि विद्युत प्राधिकरणले ४३ उद्योगको काट्यो बिजुली

    काठमाडौँ, नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता नतिरेपछि उद्योगहरूको बिजुली काट्न थालेको छ ।

    गत असोज २४ मा प्राधिकरणले ४९ उद्योगले थप दस्तुरसहित तिर्नुपर्ने विद्युत् महसुल कात्तिक ८ भित्र बुझाउन र महसुल नतिरे कानुनबमोजिम असुल गर्ने सूचना सार्वजनिक गरेको थियो । उद्योगीलाई बक्यौता तिर्न दिएको समय बिहीबार सकिएसँगै प्राधिकरणले उद्योगको बिजुली काट्न थालेको हो ।

    बिहीबार साँझ डेडिकेटेड र ट्रंकलाइनको बक्यौता नतिरेको भन्दै दाङस्थित घोराही सिमेन्ट,अर्घाखाँची सिमेन्ट,बाबा जुटमिललगायत उद्योगको बिजुली काटेको प्राधिकरणले जनाएको छ । डेडिकेटेड र ट्रंकलाइन विवाद सुल्झाउनुको साटो तिहारको मुखमा प्राधिकरणले बिजुली काटेर थप अन्योल सिर्जना गरेको उद्योगी पवन गोल्यानले बताए ।

    शुक्रवार, कार्तिक ९ २०८१०७:२६:३०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार