बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

शनिबारदेखि आजसम्म २० प्रतिशत मात्रै टिकट बुकिङ

शनिबारदेखि आजसम्म २० प्रतिशत मात्रै टिकट बुकिङ

मेगा खबर संवाददाता

१४, आश्विन २०८१
  • 757
    SHARES

  • शनिबारदेखि  आजसम्म २० प्रतिशत मात्रै टिकट बुकिङ

    काठमाडौं,  दसैँका लागि शनिबारदेखि खुला गरिएकोअग्रिम टिकट बुकिङ सोमबार बिहानसम्म २० प्रतिशत मात्रै भएको छ ।

    अनलाइन माध्यम र टिकट काउन्टरमै पुगेर करिब ४ लाखले टिकट बुकिङ गरेको यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए । घटस्थापना सुरु हुन अब ३ दिन बाँकी छ । अघिल्ला वर्षहरूमा यतिबेला टिकट बुकिङ सकिएर नपाइने समस्या हुन्थ्यो,उनले भने,तर अहिले जम्मा २० प्रतिशत मात्रै टिकट बुकिङ भएको छ ।

    गत वर्षको तुलनामा यो वर्ष धेरै कम टिकट बुकिङ भएको उनले बताए । अघिल्लो वर्ष यो अवधिमा झन्डै शतप्रतिशत नै टिकट बुक भइसकेको उनको भनाइ छ । बाढी पहिरोका कारण धेरै मानिसहरू त्रसित छन् । अहिले धेरैजसो राजमार्गहरू सञ्चालनमा पनि आएका छैनन्,सिटौलाले भने,बाटो बन्दैन कि भन्ने त्रासले टिकट काट्न छाडेका छन् ।

     

    सोमवार, आश्विन १४ २०८१०१:३०:४२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार