बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

काठमाडौँका यी स्थानमा आज काटिँदै छ बिजुली

काठमाडौँका यी स्थानमा आज काटिँदै छ बिजुली

मेगा खबर संवाददाता

२६, भाद्र २०८१
  • 844
    SHARES

  • काठमाडौँका यी स्थानमा आज काटिँदै छ बिजुली

    काठमाडौँ,  काठमाडौँको प्रमुख स्थानमा भूमिगत प्रसारण लाइनको काम गर्ने प्रयोजनका लागि आज बिजुलीको लाइन काटिने भएको छ । नेपाल विद्युत् प्राधिकरणले एक सूचना प्रकाशित गरी रत्नपार्क वितरण केन्द्र मातहतका विभिन्न स्थानमा लाइन काटिने जनाएको छ । उक्त वितरण केन्द्र मातहतका अधिकांश स्थानमा प्रसारण लाइन भूमिगत गरिएको छ । 

    भूमिगत गरिएका प्रसारण लाइनमा आवश्यक काम गर्ने प्रयोजनका लागि बिजुली काटिन लागेको सूचनामा उल्लेख छ । रत्नपार्क वितरण केन्द्र अन्तर्गत महाबौद्ध फिडर अन्तर्गत पर्ने न्यूरोड गेट,रञ्जना हल,विशालबजार सवस्टेशनभित्र, विशाल बजार अगाडि,गणेशस्थान,ट्रमा सेन्टरसम्मको केबल हेडसम्मको स्थानमा बिहान ६ः३० देखि ११ बजेसम्म लाइन काटिनेछ ।

    रत्नपार्क बगैचा,भोटाहिटी साझा भण्डार,असनचोक,बाङ्गेमुढा,भेडासिंह, इन्द्रचोक,सुर्ज आर्केड,मसला गल्लीमोडसम्म पनि सोही समय सीमाभित्र बिजुली काटिनेछ । लैनचौर सवस्टेशनबाट लैनचौर चोक उपराष्ट्रपति कार्यालय,केशरमहल दरबारमार्ग ट्राफिक कार्यालय,पुरानो जय नेपाल हल,हात्तीसार चोक,काठमाडौँ प्लाजा, मेरियट होटल,नागपोखरी र नारायणचौरसम्म बिहान ६ः३० देखि ११ बजेसम्म बिजुली आप्रवाह बन्द हुने प्राधिकरणको सूचनामा उल्लेख छ ।



    बुधवार, भाद्र २६ २०८१०६:३६:२६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार