काठमाडौं, यो वर्ष डेंगी संक्रमणबाट तीनजनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार पछिल्लोपटक १२ अगष्टमा एक पाँच वर्षीय बालकको मृत्यु भएको हो ।
ती बालकको काठमाडौंको कान्ति बाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईडीसीडीले जनाएको छ ।यसअघि तनहुँका ५० वर्षीय पुरुष र झापाकी ४० वर्षीय महिलाको मृत्यु भएको थियो । ईडीसीडीका अुनसार जनवरीयता २३ अगष्टसम्म देशभर पाँच हजार ११९ जना संक्रमित भएका छन् ।
गण्डकी प्रदेशमा सबैभन्दा धेरै दुई हजार १८२ जनामा संक्रमण देखिएको छ । जिल्लागत रूपमा तनहुँमा सबैभन्दा धेरै एक हजार ४५ जनामा संक्रमण पुष्टि भएको छ । चितवनमा ४६८, काठमाडौंमा ४२१, कास्कीमा ४०८, पर्वतमा २७२, गोरखामा १७७,झापामा १५५ र मकवानपुरमा १०४ जना संक्रमित भएका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।