बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

टिकटकमाथि लगाएको प्रतिवन्ध हटाउने सरकारको तयारी

टिकटकमाथि लगाएको प्रतिवन्ध हटाउने सरकारको तयारी

मेगा खबर संवाददाता

६, भाद्र २०८१
  • 730
    SHARES

  • टिकटकमाथि लगाएको प्रतिवन्ध हटाउने सरकारको तयारी

    काठमाडौँ, सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने तयारी गरेको छ । बिहीबार साँझ बस्ने मन्त्रिपरिषद् बैठकमा टिकटकमा यसअघि सरकारले लगाएको प्रतिबन्ध हटाउने प्रस्ताव लैजाने तयारी भएको सूचना तथा सञ्चार मन्त्रालय स्रोतले जनाएको छ ।

     मन्त्रिपरिषद्को बैठक साँझ ५ बजे बस्दै छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार मन्त्रीस्तरीय निर्णय गरेर टिकटक खोल्ने प्रस्ताव तयार पार्न निर्देशन दिएको र सोही अनुसार आजको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजान लागिएको मन्त्री गुरुङ निकट स्रोतको भनाइ छ ।

    बिहीबारको मन्त्रिपरिषद् बैठकमा टिकटकको प्रतिबन्ध हटाउने गरी प्रस्ताव जाँदैछ,सम्भवतः आजैबाट फुकुवा होला’मन्त्रालय स्रोतको भनाइ छ ।

    बिहिवार, भाद्र ६ २०८११२:२०:०१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार