काठमाडौँ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा सातै प्रदेशका यातायातमन्त्री र सचिवहरुको उपस्थितिमा भएको बैठकले यातायात व्यवस्थापन तथा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी विभिन्न विषयहरूमा महत्त्वपूर्ण सहमति गरेको छ ।
आज एक महिनाको कार्यप्रगति विवरण सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा दाहालले लाइसेन्स छपाइ तथा वितरण समयमा हुन नसकेको र यसबाट सेवाग्राहीलाई परेको असुविधालाई मध्यनजर गरी लाइसेन्सलाई राष्ट्रिय परिचयपत्रसँग आबद्ध गरी राष्ट्रिय परिचयपत्रबाट पनि लाइसेन्सको विद्युतीय पत्र हेर्न सकिने व्यवस्था मिलाउने निर्णय भएको बताका छन् ।
प्रदेश मातहतका यातायात कार्यालहरुबाट जारी हुने राजश्व रसिदलाई हार्ड पेपरमा कार्डको रुपमा स्तरीकरण गरी सोही रसिदमा क्युआर होड र फोटो समेत अंकित हुने गरी रसिद उपलब्ध गराउने व्यवस्था गर्ने उनले जानकारी दिए । यस्तै इम्बोस्ट नम्बर प्लेट जडान प्रक्रियालाई छिटो र प्रभावकारी बनाइने पनि दाहालले जानकारी दिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।