बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

पीपलको पूजा शनिबार मात्र किन ? ( तस्विरमा हेर्नुस्)

पीपलको पूजा शनिबार मात्र किन ? ( तस्विरमा हेर्नुस्)

युर्बसि पाैड्याल

१९, श्रावण २०८१
  • 1.5K
    SHARES

  • पीपलको पूजा शनिबार मात्र किन ? ( तस्विरमा हेर्नुस्)

    काठमाडौं, शनिबार शनिदेवलाई खुसी तुल्याउने हो । पीपलको पुजा गर्नु उत्तम मानिन्छ । परापुर्व कालदेखि नै हिन्दू धर्ममा पिपललाई पवित्र रूखको रूपमा पूजा गर्ने गर्दछन् । पीपल भगवान् विष्णुको जीवन्त एवं पूर्णतः मूर्तिमान स्वरूप हो । गीतामा कृष्णले भनेका पनि छन् - वृक्षहरूमा म पीपल हुँ । यसकारण हिन्दू धर्मावलम्बीहरू पीपलको सेवा,स्याहार एवं पूजा गर्दछन् । 

    पौराणिक कथा अनुसार देवता र दानवहरू मिलेर समुद्र मन्थन गर्ने क्रममा लक्ष्मीभन्दा पहिले दरिद्रता उत्पत्ति भएकी थिइन् । लक्ष्मीले आफू प्रकट भएपछि विष्णुलाई पतिका रूपमा वरण गरिन् ।

    यसबाट दरिद्रता रिसाइन् । यो देखेर विष्णुले दरिद्रतालाई आफ्नो प्रिय वृक्ष पीपलको बोटमा बस्न अनुरोध गर्दै आफू समयसमयमा भेट्न आउने वाचा गरे । प्रत्येक शनिबार विष्णुसँगै लक्ष्मी पनि आफ्नी दिदीलाई भेट्न आउँछिन् । यसकारण शनिबारका दिन पीपलको पूजा एवं परिक्रमा गर्नु निकै शुभ मानिन्छ ।

    वैज्ञानिक दृष्टिकोणबाट पनि पिपललाई पूजनिय मानिन्छ । किनकि यो यस्तो वृक्ष हो जसले गर्मीमा शितलता प्रदान गर्दछ र जाडोमा तातो हावा निकाल्दछ । पिपलबाट सधैं अक्सीजनको सञ्चार हुन्छ ।

    आयुर्वेदमा भनिएको छ कि पिपलको हरेक भाग जस्तै पात, फल सबै औषधीको रुपमा प्रयोगमा आउछ । यसबाट कयौं गम्भीर रोगहरुको पनि उपचार सम्भव हुन्छ ।

    - मुटुसम्बन्धी रोगको औषधि : तपाईलाई थाहा छ कि छैन, पिपलको पातले मुटुसम्बन्धी रोगबाट बचाउँछ ।
    - दाँतका लागि : बलियो र सफा तथा सेता दाँतका पनि पिपलको प्रयोग गर्न सकिन्छ ।
    - दमका रोगीको लागि बूटी : लगातार खोकी रहने (दम)को रोगीका लागि पिपलको रुख एक औषधिको रुपमा काम गर्छ ।
    - रुघा–खोकीको अचूक औषधि : मौसममा आउने बदलीका कारण हुने सर्दी, खोकी तथा रुघाबाट राहात पाउन पिपलको पातको प्रयोग गर्नुहोस् ।
    - निमोनियामा राहत : निमोनियाबाट ग्रसित व्यक्तिले पिपलको पातको जुस बनाएर पिउँदा धेरै राहत पाउँछन् ।

    शनिवार, श्रावण १९ २०८१०६:३९:१९
    सम्बन्धित समाचार