महेन्द्रनगर : पश्चिमी सीमा नाका गड्डाचौकी र गौरीफन्टा नाकाबाट स्वदेश फर्किने र भारत पस्ने क्रम जारी छ । विगत वर्षहरुमा यो समयमा सीमानाकामा दशैं मनाउन घर आउनेहरुको लर्को देख्न पाइन्थ्यो भने यो बर्ष दशैँ मनाउनका लागि स्वदेश फर्किने र मजदुरीका लागि भारत पस्नेको संख्या लगभग बराबर नै छ ।
असोज दोस्रो सातासम्म भारत जानेको संख्या बढि रहेकोमा पछिल्लो केही दिनयता भारतबाट स्वदेश फर्किनेको संख्या बढि रहेको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले दिएको जानकारी अनुसार बुधवार गड्डाचौकी नाका भएर दुई सय ९२ जना भारतबाट फर्किएका छन् भने एक सय ११ जना भारत गएका छन् ।
सोही दिन गौरीफन्टा नाकाबाट एक हजार ४६ जना स्वदेश फर्किएका छन् भने सात सय ६६ जना भारत गएका छन् । अहिले भारत जाँदा रासन कार्ड, आधार कार्ड, कम्पनीले बोलाएको आधिकारीक पत्र भएका व्यक्ति र बिरामीलाई मात्र जान दिएपछि भारत जानेको संख्यामा कमि आएको हो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।