बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

देशभर बढ्दै छ डेंगु सङ्क्रमण

देशभर बढ्दै छ डेंगु सङ्क्रमण

मेगा खबर संवाददाता

६, श्रावण २०८१
  • 667
    SHARES

  • देशभर बढ्दै छ डेंगु सङ्क्रमण

    काठमाडौं, देशभर एक हजार ६५७ मा डेंगु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजि तथा रोग नियन्त्रण केन्द्र अन्तर्गका किटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालले हालसम्म ७३ जिल्लाबाट एक हजार ६५७ जनामा डेंगु पुष्टि भएको जानकारी दिए ।

    इडिसिडीको तथ्याङ्क अनुसार कर्णली प्रदेशका मुस्ताङ,डोल्पा,हुम्ला,जुम्ला गरी चार जिल्लामा डेंगु पुष्टि भएको छैन । डेंगु सङ्क्रमण सबैभन्दा बढी बागमती र कोशी प्रदेशमा पुष्टि भएको छ । बागमतीमा प्रदेशमा ५७०,कोशी प्रदेशमा ३९६ जनामा डेंगु पुष्टि भएको छ ।

    गण्डकी प्रदेशमा २५६,लुम्बिनी प्रदेशमा १९६,सुदूरपश्चिममा १७५,मधेश प्रदेशमा ४१ र कर्णली प्रदेशमा २३ जनामा डेंगु पुष्टि भएको डा.दाहालले जानकारी दिए । जिल्ला अन्तर्गत काठमाडौं र झापामा सबैभन्दा बढी डेंगु पुष्टि भएको छ । काठमाडौँमा १९६,झापामा १२८ जनामा डेंगु पुष्टि भएको छ । चिकित्सका अनुसार डेंगु हुनबाट बच्ने एक मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्ने हो ।

     

     

    आइतवार, श्रावण ६ २०८१०२:४७:५६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार