बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आज यी पाँच प्रदेशमा अति भारी वर्षा, सतर्कता अपनाउन महाशाखाको आग्रह

आज यी पाँच प्रदेशमा अति भारी वर्षा, सतर्कता अपनाउन महाशाखाको आग्रह

मेगा खबर संवाददाता

२८, आषाढ २०८१
  • 835
    SHARES

  • आज यी पाँच प्रदेशमा अति भारी वर्षा, सतर्कता अपनाउन महाशाखाको आग्रह

    काठमाडौँ, मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ छ । जसको प्रभावले देशभर साधरणतया बदली छ । बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा,कोशी र लुम्बिनी प्रदेशका एक–दुई  स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । 

    आज दिउँसो देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ । कोशी,मधेस,बागमती,गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा छ । कोशी,मधेस,बागमती,गण्डकी र लुम्बिनी प्रदेशका  केहि स्थानहरूमा,सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा छ । कोशी,मधेस,बागमती,गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षा छ । 

    आज राति कोशी,मधेस,बागमती,गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा छ । कोशी,मधेस,बागमती,गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षा छ । कोशी,मधेस र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षा छ । 

     

    शुक्रवार, आषाढ २८ २०८१०७:२३:४२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार