बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

एक महिनामा ९० हजार भित्रिए विदेशी पर्यटक, कुन देशबाट कति आए ?

एक महिनामा ९० हजार भित्रिए विदेशी पर्यटक, कुन देशबाट कति आए ?

  • 889
    SHARES

  • एक महिनामा ९० हजार भित्रिए विदेशी पर्यटक, कुन देशबाट कति आए ?

    काठमाडौँ,  जेठ २० गते, अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस महिना कूल ९० हजार २११ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । 

    सन् २०२४ को मे महिनामा मात्र ९० हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२३ को तुलनामा यस वर्ष पर्यटक आगमन १६.१० प्रतिशतले वृद्धि भएको हो । सन् २०२३ को मेमा ७७ हजार ७०३ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए । प्रि–कोभिड भने यस्तो सङ्ख्या ७८ हजार ३२९ जना थियो । 

    कुन देशबाट कति आए ?

    सार्वजनिक रिपोर्ट अनुसार यस महिना सबैभन्दा बढी छिमेकी मुलुक भारतबाट ३८ हजार २८८ जना पर्यटक नेपाल भित्रिएका छन् । यो कूल आगमनको ४२.४४ प्रतिशतको हिस्सा हो । 

    इजरायल,टर्की लगायतका देशहरूबाट ७ हजार ७८३ जना पर्यटक नेपाल भित्रिएको विभागले जनाएको छ ।चीनबाट ८ हजार ३८१ जना पर्यटक नेपाल भित्रिएका छन् । यो कूल आगमनको ९.२९ प्रतिशत हो । एसियन महादीप अन्तर्गतका सार्क मुलुकहरूबाट ४३ हजार ८०३ जना पर्यटक आएका छन् भने अन्य दक्षिण एसियाली मुलुकहरूबाट १४ हजार ४२५ जना,युरोपेली मुलुकहरूबाट ११ हजार २१४ जना,सामुन्द्रिक मुलुकहरूबाट २ हजार ५१४ जना र अमेरिकी मुलुकहरूबाट ९ हजार ५४२ जना छन् । 

     

    आइतवार, जेठ २० २०८१०१:३०:४०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार