काठमाडौं, वैशाख ३१ गते, चालू वर्षको तेस्रो त्रैमासमा नेपाल टेलिकमको कूल आम्दानी घटेको छ । गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा आम्दानी ६.०३ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको चैत मसान्त सम्ममा ३३ अर्ब २० करोड ८५ लाख रुपैयाँ आम्दानी थियो ।
गत वर्षको तुलनामा २ अर्ब ३७ लाख रुपैयाँले नाफा घट्दै चालू वर्षको तेस्रो त्रैमाससम्ममा ३१ अर्ब २० करोड ४८ लाख रुपैयाँ कूल आम्दानी गरेको छ । चालू वर्षको तेस्रो त्रैमास अवधिमा २५ अर्ब ४८ करोड १२ लाख रुपैयाँ कूल सञ्चालन आय छ । गत वर्षको यही अवधिमा कूल सञ्चालन आय २७ अर्ब ३४ करोड ६६ लाख रुपैयाँ थियो ।कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणका अनुसार यस अवधिमा १ अर्ब ८६ करोड ५३ लाख रुपैयाँ कूल सञ्चालन आय घटेको छ । यो ६.८२ प्रतिशतको गिरावट हो । कूल आम्दानी र कूल सञ्चालन आय घटे पनि कम्पनीको नाफा भने बढेको छ । यस अवधिमा कम्पनीले ३.६ प्रतिशत नाफा बढाएको हो ।
गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ५ अर्ब ४१ करोड १९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । चालू वर्षको सोही अवधिमा भने कम्पनीको नाफा ५ अर्ब ५९ करोड ३७ लाख रुपैयाँ पुगेको छ । यो १८ करोड १७ लाख ९३ हजार रुपैयाँको वृद्धि हो । यस अवधिमा ओटीटी सेवाको बढ्दो प्रयोगका कारण अन्तर आबद्धता आयमा गत वर्षको सोही तुलनामा ९४ करोड ४९ लाख २९ हजारले घटेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।