काठमाडौँ, नेपाल विद्युत् प्राधिकरणले आजदेखि आगामी शुक्रबारसम्म काठमाडौँको विभिन्न स्थानमा विद्युत् लाइन अवरुद्ध हुने जानकारी दिएको छ ।
कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्रहरू अन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्न लागिएकोले विद्युत् सेवा प्रभावित हुने भएको हो ।
यी तीन केन्द्र अन्तर्गत विभिन्न स्थानहरूमा बिहान ११ बजे देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जानकारी दिएको छ ।

मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।